नेपाल नागरिक उड्डयन प्राधिकरणको तेईसौं वार्षिकोत्सव सम्पन्न
2nd January 2022
News

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय प्रेम बहादुर आले ज्यूको प्रमुख आतिथ्यतामा मिति २०७८/०९/१६ गते तदनुसार 31st Dec. 2021  का दिन त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा प्राधिकरणको २३ औं बार्षिक उत्सव कार्यक्रम भव्य र सभ्य रुपमा सुृसम्पन्न भयो । उक्त कार्यक्रममा प्राधिकरणको बार्षिक क्रियाकलापहरुको सम्बन्धमा महानिर्देशक श्री राजकुमार क्षेत्रीज्यूले प्रकाश पार्नु भयो । २३ औं बार्षकोत्सवका प्रमुख अतिथि माननीय मन्त्री ज्यूबाटCAAN Souvenir, 2021 को विमोचन हुनका साथै, २५ वर्ष सेवा अबधि पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक र उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गर्नुको साथै Covid महामारीमा प्रत्यक्ष योगदान गर्ने संस्थाहरुलाई प्रशंसा पत्र समेत प्रदान गरियो ।

प्राधिकरणको बार्षिकोत्सव सफल पार्न सहयोग गर्नु हुने सबैमा हार्दिक धन्यबाद !