विमानस्थल सरसफाई सेवा निर्देशिका, २०७९
13th March 2023
News
नेपाल नागरिक उड्डयन प्राधिकरण संचालक समितिको मिति २०७९/११/०३ मा बसेको ४१० औं बैठकको निर्णयानुसार नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत रहेका विभिन्न अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरुमा भईरहेको सरसफाई कार्यलाई चुस्त दुरुस्त राखी हवाई यात्रुहरुबाट सरसफाई कार्य सन्तोषजनक रुपमा भईरहेको थप अनुभुति दिलाउन सम्पूर्ण विमानस्थलहरुको भौतिक अवस्था, मानवीय जनशक्तिको अवस्था, यात्रुहरुको संख्या अध्ययन, आर्थिक श्रोत परिचालन लगायतका विषयबस्तु समेटी ‘‘विमानस्थल सरसफाई सेवा निर्देशिका” तयार गर्न मिति २०७९/११/१६ गते गठीत कमिटीले उक्त कार्य सम्पन्न गरी ‘‘ विमानस्थल सरसफाई सेवा निर्देशिका, २०७९” श्रीमान् महानिर्देशक समक्ष पेश गरेको छ ।