प्राधिकरणले उठाउंन बांकी बक्यौता लगायत अन्य नागरिक उड्डयनसंग सम्वन्धित विविध विषयहरुमा छलफल
14th February 2022
News

आज मिति २०७८।११।२ गते अन्तर्राष्ट्रिय सम्वन्ध समिति अन्तर्गतको नागरिक उड्डयन समस्या समाधान समितिले श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री महेश्वर न्यौपाने र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. श्री प्रदीप अधिकारी सहित प्राधिकरणका अधिकारीहरुसंग निर्माणाधिन अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरु, प्राधिकरणले उठाउंन बांकी बक्यौता लगायत अन्य नागरिक उड्डयनसंग सम्वन्धित विविध विषयहरुमा छलफल भयो । छलफलका क्रममा समितिले विमानस्थल निर्माण बारे राखेको जिज्ञासामा महानिर्देशक ई. श्री प्रदीप अधिकारीले प्रष्ट पार्नु भएको थियो । छलफलमा प्राधिकरणको बांकी बक्यौता यथाशिध्र उठाउन समितिका  तर्फबाट  निर्देशन प्राप्त भयो ।