लेख रचना आव्हान गरिएको सूचना २०७५।०८।०३

आगामी पौष १६, २०७५ (तदानुसार ३१ डिसेम्बर २०१८) का दिन नेपाल नागरिक उड्डयन प्राधिकरणको २०औं वार्षिकोत्सवको अवसरमा विगतमा झैं नागरिक उड्डयन, हवाई यातायात, पर्यटन प्रबद्र्धन  एवं वातावरणसंग सम्बन्धित विषयवस्तु समेटिने लेख रचनाहरु समावेश गरी ने.ना.उ.प्रा. वार्षिकोत्सव स्मारिका (CAAN Souvenir 2018) प्रकाशन गर्ने कार्यक्रम रहेकोले उल्लिखित विषयवस्तुसंग सम्बन्धित अंग्रेजी/नेपाली भाषामा बढीमा २००० देखि २५०० शब्दभित्र लेख रचना तयार गरी Soft Copy र लेखकको फोटो सहित मिति २०७५।०८।२१ गतेभित्र यस विभागमा उपलब्ध गराउनु हुन ईच्छुक महानुभावहरुलाई  सादर अनुरोध गरिन्छ ।

Notice for Article Souvenir-2018